नेपालमा प्रधानमन्त्रीकै संरक्षणमा भ्रष्टाचार मौलाएको ट्रान्सपरेन्सी इन्टरनेशनलको भनाई

Advertisement

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले प्रधानमन्त्री केपी ओलीको संरक्षणमा नेपालमा भ्रष्टाचार मौलाएको औंल्याएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष खेमराज रेग्मीले न्यूज एजेन्सी नेपाललाई दिएको अन्तरवार्तामा प्रधानमन्त्रीकै संरक्षणमा नेपालमा भ्रष्टाचार मौलाएको आरोप लगाएका हुन् । 

उनले प्रधानमन्त्री केपी ओलीको संरक्षणमा ठूला भ्रष्टाचार काण्ठहरु घटेको र त्यसलाई नियन्त्रण गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग खुद्रे मुद्दाहरु बोकेर भ्रष्टाचार नियन्त्रणको डङ्का पिट्ने गरेको बताएका छन् । अख्तियारले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको फाइल तामेलीमा राखेपछि ट्रान्सपरेन्सी इन्टरनेशनलको गम्भीर ध्यानाकर्षण भएको भन्दै रेग्मीले प्रधानमन्त्रीको ओठे प्रतिबद्धता र व्यवहारका कारण भ्रष्टाचारीहरु संरक्षित भएको बताएका छन् । 

Advertisement

बालुवाटार जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरण, ओम्नी प्रकरणमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले उनको संरक्षणमा भ्रष्टाचार मौलाएको पुष्टि हुने उनको तर्क छ । रेग्मीले भनेका छन्, ‘भ्रष्टाचारको मुल भनेको राजनीतिक नेतृत्व तह हो । तलका खुद्रा, मसिनालाई रोकेर भ्रष्टाचार नियन्त्रण हुने होइन । यो सम्बन्धमा प्रधानमन्त्रीले बेला बखत म भ्र्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्न । शून्य सहनशीलता अपनाउँछु भन्नुभयो तर व्यवहार मा त्यो उतार्न सक्नुभएन । उहाँको भ्रष्टाचारविरुद्धको बोली ओठे प्रतिबद्धता मात्रै देखियो, कार्यान्वयनमा देखिएन । त्यसो होइन भने बालुवाटार जग्गा प्रकरणमा आफ्नो महासचिवलाई कुनै गल्ती गरेको छैन भनेर जोगाउनुभयो ।’
 

Advertisement

Advertisement