असोज ५ बाट लामो दूरीको यातायात र आन्तरिक हवाई उडान खोल्ने निर्णय

काठमाडौं । सरकारले असोज ५ गतेबाट लामो दूरीको यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय गरेको छ । 

सोमबारको मन्त्रिपरिषद् बैठकले  सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएसँगै चैतदेखि बन्द रहेको लामो दूरीको सार्वजनिक यातायात र आन्तरिक हवाई उडान दशैं नजिकिएसँगै खोल्न लागिएको हो । यद्यपि कोरोना संक्रमण भने बढ्दो छ । 

कोरोना भाइरसका बारेमा आवश्यकताभन्दा बढि नकारात्मक प्रचार भएको र स्थानीय उपचार विधि तथा सावधानीबाट पनि जोगिन सक्ने बहस सुरु भएपछि सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै लगेको हो ।