डा. गोविन्द केसीको १९औं अनशनमा जुम्लामा सुरु

Advertisement

जुम्ला । डा. गोविन्द केसीले जुम्लामा १९औं चरणको अनशन सुरु गरेका छन् । चिकित्सा क्षेत्र तथा चिकित्सा सेवा सुधारको माग गर्दै केसीले सोमबारबाट अनशन सुरु गरेका हुन् । 

चन्दननाथ ६ रानिचौरमा रहेको वाविरा मन्दिरमा सत्याग्रह सुरु गरेका केसीले निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितताको माग गरेका छन् । उनले ओली सरकारको लुटतन्त्र तानाशाही तन्त्रको पनि विरोध गरेका छन् ।

Advertisement

उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका कार्यक्रम संचालन गरिनुपर्ने, स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठन पाठन सुरु गरिनुपर्ने, प्रदेश नं २ र गण्डकी प्रदेश तथा डोटी,डेडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाइनुपर्ने माग राखेका छन्।

आफूसँग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने लगायतका मागहरु राखेका डा. केसीले १६ औं सत्याग्रह पनि जुम्लामा गरेका थिए । पहिलाको सत्याग्रहका बेला गरिएका सम्झौताहरु अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू अनसन बस्न वाध्य भएको बताएका छन् । 

Advertisement

Advertisement