नेपाल फाइनान्सको ८ वर्षको साधारण सभा एकैपटक हुँदै, यस्ता छन् अजेण्डा

Advertisement

काठमाडौँ । नेपाल फाइनान्स लिमिटेडको ८ वर्षको साधारण सभा एकै पटक हुने भएको छ । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले असोज १० गते बिहान ११ बजे संस्थाको केन्द्रीय कार्यालय कमलादीमा साधारण सभा गर्ने निर्णय गरेको प्रबन्धक तथा कम्पनी सचिव सागर प्रजापतिले जनाएका छन् । 

यसअघि भदौ ११ गते २०औँ देखि २७औँ सम्मको वार्षिक साधारण सभा गर्ने निर्णय गरिएको भएपनि उपत्यकामा निषेधाज्ञा आदेश जारी रहेकाले स्थगित गरिएको थियो । 

Advertisement

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त वित्तीय संस्थाबाट फुकुवा गरेपछि ८ वर्षको वार्षिक साधारण सभा एकै पटक सम्पन्न गर्न लागिएको प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले जनाएका छन् । साधारण सभा भर्चुअल(वेवीनार) माध्यमबाट सम्पन्न गर्न लागिएको हो ।  

साधारण सभामा १७५ प्रतिशत हकप्रद शेयर निष्काशन, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने÷गाभिने प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव माथि छलफल हुने जनाइएको छ ।

साधारण सभा प्रयोजनका लागि साउन २६ गते नै बुक क्लोज भइसकेको छ ।   

तलका लिंक पनि क्लिक गर्नुहोस्ः 

निषेज्ञाधाका कारण नेपाल फाइनान्सको वार्षिक साधारण सभा स्थगित

नेपाल फाइनान्समा नयाँ सञ्चालकहरु नियुक्त

नेपाल फाईनान्स समस्याग्रस्त अवस्थाबाट फुकुवा, व्यवसायिक कारोबार आजदेखि


 

Advertisement

Advertisement