भारतले प्याज निर्यातमा रोक लगाएसँगै नेपालमा उच्च मूल्यवृद्धिको संकेत

Advertisement

काठमाडौं । भारतले प्याज निर्यातमा रोक लगाएसँगै नेपालमा यसको उच्च मूल्यवृद्धि हुने संकेत देखिएको छ । एकै दिनमा प्याजको मूल्यमा करिव २० प्रतिशतको मूल्यवृद्धि भएको छ । 

उत्पादन घटेको भन्दै भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गत रहेको विदेश व्यापार निर्देशनलालयले निर्यातमा रोक लगाउने सुचना जारी गरेसँगै नेपालमा मूल्यवृद्धि सुरु भएको हो । काठमाडौंको कालिमाटी तरकारी तथा फलफूल बजारमा सोमबार सरदर ६० रुपियाँमा बिक्री भएको प्याज मंगलबार सरदर ७५ रुपियाँ प्रतिकिलो भएको छ । 

Advertisement

खुद्रा तरकारी पसलहरुमा प्रतिकिलो ८० देखि सय रुपियाँसम्ममा प्याज बिक्री भएको देखिन्छ । भारतको कर्नाटक, आन्ध्र प्रदेशलगायतका स्थानमा लगातारको वर्षाले प्याजको उत्पादनमा क्षति पुगेको भन्दै भारतले निर्यातमा रोक लगाएपछि नेपालमा यसको असर देखिएको हो । 

Advertisement

Advertisement