लामो दूरीका सार्वजनिक सवारी मर्मत गर्न थालियो, सञ्चालन  असोज ५ गतेदेखि

Advertisement

काठमाडौँ । असोज ५ गतेदेखि लामो दूरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने सरकारले निर्णय गरेसँगै व्यवसायीहरुले तयारी थालेका छन् । 

राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले असोज १ विश्वकर्मा पूजा गर्ने र लामो समयदेखि थन्किएका सवारी साधनहरुको मर्मत गरी तयारी अवस्थामा राख्ने बताए । उनले भने– ‘हाम्रा सवारी साधन लामो समयदेखि थन्किएका छन्, सरकारले निर्णय गरेसँगै अब मर्मत गरी असोज ५ गतेबाट सञ्चालनका लागि तयारीमा लागेका छौँ ।’

Advertisement

पछिल्लो समय यातायात व्यवसायी र वायुसेवा प्रदायक कम्पनीहरुले सरकारलाई दबाव दिंदै आएका थिए । यातायात व्यवसायी र मजदुर संगठनहरुले सरकारले अनुमति नदिए पनि असोज १ गतेबाट आफैँ सवारी चलाउने चेतावनी समेत दिएका थिए ।  

तर, व्यवसायीहरु र आम नेपाली जनताको समस्यालाई बुझेर सरकारले नै ५ गतेबाट लामो दूरीका सवारी साधन चलाउने दिने निर्णय गरेपछि अब सोही अनुसार गर्ने महासंघका अध्यक्ष कर्माचार्यले बताए । ५ गतेबाट सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारी साधनले यसअघि कायम भाडा दरमा ५० प्रतिशत सम्म बढी भाडा लिन पाउने छन् ।  

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन आदेश जारी पछि हालसम्म लामो दूरीका सार्वजनिक सवारी साधन ठप्प रहेका छन् । 

दशैं पर्व नजिकिएसँगै हिजोको मन्त्री परिषद् बैठकले चैत ५ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात र आन्तरिक हवाई उडान खोल्ने निर्णय गरेको हो । 

असोज ५ बाट लामो दूरीको यातायात र आन्तरिक हवाई उडान खोल्ने निर्णय

  


 

Advertisement

Advertisement