केरुङ र तातोपानी नाकामा चीनले अप्रत्यक्ष नाकाबन्दी गर्योः व्यवसायी

Advertisement

काठमाडौँ । व्यवसायीहरुले केरुङ र तातोपानी नाकामा चीनले अप्रत्यक्ष नाकाबन्दी गरेको गुनासो गरेका छन् । आज उद्योग मन्त्री लेखराज भट्टलाई ज्ञापन पत्र बुझाउन गएका व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन् ।

उक्त अवसरमा नेपाल ब्यापार संघका अध्यक्ष कुमार कार्कीले केरुङ र तातोपानी नाकामा चीनले अप्रत्यक्ष नाकाबन्दी गरेको उल्लेख गरे । 'दैनिक ४ वटा ट्रक मात्रै छाड्ने चीनको नीति रहेछ'–अध्यक्ष कार्कीको भनाई थियो । 

Advertisement

दशैँमा दिनमा १ सय गाडी छुट्ने व्यवस्था हुर्ने पर्ने उद्योगमन्त्री भट्टलाई व्यवसायीको सुझाव थियो । अहिले त्यहाँ रसुवाका बाहेक अरुलाई जान निषेध गरेको व्यवसायीको भनाई थियो । 

त्यसैगरी, राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले केरुङ र तातोपानी नाकामा थुनिएका १२ ट्रक छुटाउनका लागि पहल गरिदिन अनुरोध गरे । उक्त नाकामा नौ महिनादेखि समान रोकिएको छ–अध्यक्ष कटुवालले भने । 

उद्योग मन्त्रीलाई बुझाइएको ज्ञापन पत्र:

 
 

 

Advertisement

Advertisement