निर्वाधरुपमा व्यवसाय गर्न दिन माग गर्दै कोटेश्वरका व्यवसायी सडकमा

Advertisement

काठमाडौं । निर्वाधरुपमा व्यवसाय गर्न दिन माग गर्दै कोटेश्वरका व्यवसायी मंगलबार प्रदर्शनमा उत्रिएका छन् । औचित्यहीन बन्द अन्त्य गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका उनीहरुले लकडाउन र निषेधाज्ञा अवधिको कर छुट गर्न, घरभाडा मिनाहा गर्न, बैंक तथा वित्तीय संस्थाको ब्याज मिनाहा गर्न माग गरेका छन् । 


कोरोना भाइरस (कोभिड १९) महामारी नियन्त्रण गर्ने नाममा गरिएको बन्दले आफूहरुको व्यवसाय चौपट भई धरासायी अवस्थामा पुगेको, बालबच्चा पाल्न धौधौ हुने अवस्था सिर्जना भएको भन्दै सरकारले उचित राहतको व्यवस्था गर्नुपर्ने बताएका छन् । 

Advertisement

Advertisement

Advertisement