असोज १ गतेबाट लामो दुरीका सवारी चलाउने सरकारको निर्णय, भाडा ५० प्रतिशतसम्म बढ्ने

Advertisement

काठमाडौं । सरकारले असोज १ गतेबाट नै लामो दुरीका सवारी साधन गुडाउन पाउने निर्णय गरेको छ । सरकारका प्रवक्ता परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले असोज १ गतेबाटै लामो दुरीका सवारी साधन गुडाउन दिने निर्णय गरिएको जानकारी दिएका हुन् । 

मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै मन्त्री ज्ञवालीले एक लाइनको सिटमा एक जना मात्रै यात्रु राख्न पाइने नियम बनाईएको पनि बताए । दैनिक रुपमा गाडीलाई डिसइन्फेक्ट गर्नुपर्ने, ढोकामा स्यानिटाइजर राख्नुपर्ने नियम पनि बनाएको छ । यात्रुले पनि अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ । 

भाडा दर भने तोकिएको भन्दा ५० प्रतिशत बढीसम्म असुल्न पाइने व्यवस्था पनि सरकारले गरिदिएको छ ।

Advertisement

Advertisement

Advertisement