आन्तरिक उडान असोज १ देखि नै सुरु, कात्तिक १ देखि पर्यटकलाई पनि खुल्ला

Advertisement

काठमाडौं । सरकारले असोज १ गतेदेखि नै आन्तरिक उडान सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज १ बाटै आन्तरिक उडान खुल्ला गर्ने निर्णय गरेको हो । 

सिट क्षमताको ५० प्रतिशत मात्रै टिकट बिक्री गर्न पाउने गरी सरकारले आन्तरिक उडान खुल्ला गरेको सरकारको प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । 

Advertisement

त्यस्तै, सरकारले कात्तिक १ बाट विदेशी पर्यटकलाई पनि प्रवेशाज्ञा दिने निर्णय गरेको छ । तर, त्यसका लागि पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएसँगै गत चैतबाट बन्द रहेका आन्तरिक हवाईसेवा तथा विदेशी पर्यटकलाई प्रवेशाज्ञा बन्द गरेको थियो ।  

Advertisement

Advertisement