उपत्यकामा ६७६ सहित देशरभर एक हजार ४५९ सङ्क्रमित थप

Advertisement

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा एक हजार १३ पुरुष र ४४६ महिला गरी एक हजार ४५९ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी काठमाडौँमा ५५५ जना कोरोना सङ्क्रमित फेला परेका छन् ।

दश हजार ३७५ नमूना परीक्षण गर्दा सिरहामा १६२, मोरङमा १११, मकवानपुरमा ८७, भक्तपुरमा ८६, रुपन्देहीमा ५१, ललितपुरमा ३५, बाँकेमा २७, दाङ र रौतहटमा २६÷२६, सप्तरीमा २४, सुर्खेतमा २३, नवलपरासी पूर्वमा २१, सुनसरीमा १७, पाल्पामा १६, स्याङ्जामा १४, कैलाली र डोटीमा ११÷११, तनहुँ र महोत्तरीमा नौ÷नौ तथा बैतडी, कञ्चनपुर र काभ्रेपलाञ्चोकमा आठ÷आठ सङ्क्रमित थपिएका छन् ।

Advertisement

यस्तै कास्कीमा सात, धनुषा र झापामा छ÷छ, गोरखा र दोलखामा पाँच÷पाँच, लमजुङ, धादिङ र सर्लाहीमा चार÷चार, दार्चुला, नवलपरासी, अर्घाखाँची, गुल्मी र बारामा तीन÷तीन, बझाङ, दैलेख, सल्यान, रामेछाप, सिन्धुपाल्चोक र नुवाकोटमा दुई÷दुई, बर्दिया, मनाङ, पर्सा, मोरङ, खोटाङ, ताप्लेजुङ, पाँचथर, भोजपुर र सङ्खुवासभामा एक/एक जना सङ्क्रमित थपिएका छन् । 

यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५६ हजार ७८८ पुगेको छ । १५ हजार ७७९ सक्रिय सङ्क्रमितमध्ये सात हजार ६४० होम आइसोलेसन र आठ हजार १३९ संस्थागत आइसोलेनमा छन् । यस्तै सात हजार २५० क्वारेन्टिनमा रहेका छन् ।
 
मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, चितवन, मकवानपुर र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्लामा सक्रिय सङ्क्रमित छैनन् । पछिल्लो २४ घन्टामा एक हजार ६२ जना कोरोनामुक्त भएका छन् । यससँगै  कोरोना निको हुनेको सङ्ख्या ४० हजार ६३८ पुगेको छ । कोरोना निको हुनेको प्रतिशत ७१।५ छ ।
 
प्रदेश १ मा पाँच, प्रदेश २ मा नौ, वाग्मती प्रदेशमा १२३, गण्डकी छ, प्रदेश ५ मा २२ र कर्णाली प्रदेशमा नौ सङ्क्रमितको आइसियूमा उपचार भइरहेको छ । यस्तै प्रदेश १ मा एक, वाग्मती प्रदेशमा २५, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा एक÷एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा चार महिला र सात पुरुष गरी ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कोरोनाबाट बाराका ५५ वर्षीया महिला र ५५ वर्षीय पुरुषको ज्यान गएको छ । यस्तै सर्लाहीका ६४ वर्षीय पुरुष, काठमाडौँका ८६ वर्षीया महिला तथा ३४ वर्षीय, ९६ वर्षीय र ६६ वर्षीय पुरुष, मकवानपुरका ६१ वर्षीय पुरुष, रुपन्देहीको ६४ वर्षीया महिला र कपिलवस्तुको ५८ वर्षीय पुरुषको कोरोनाका कारण निधन भएको छ ।

यससँगै कोरोनाबाट निधन हुनेको सङ्ख्या ३७१ पुगेको छ । कुल सङ्क्रमितको ०.६५ प्रतिशतको कोरोनाका कारण ज्यान गएको छ । 

Advertisement

Advertisement