शुक्र ग्रहमा जीवको अस्तित्वबारे अदभूत संभावना, फस्फीन ग्यास भेटियो

Advertisement

एजेन्सी । शुक्र ग्रहको बादलमा कुनै जीवको अस्तित्व छ कि भन्ने अद्भुत सम्भावनाबारे अहिले वैज्ञानिक चर्चा सुरु भएको छ।

त्यहाँको वायुमण्डलमा एउटा ग्यास भेटिएपछि खगोलशास्त्रीहरू त्यो कसरी बन्यो भनेर जान्न प्रयास गर्दैछन्।

Advertisement

त्यो ग्यास फस्फीन हो जुन फस्फरसको एउटा परमाणु र हाइड्रोजनका तीनवटा परमाणु मिलेर बन्छ।

पृथ्वीमा पेन्ग्विनको पेटमा वा कम अक्सिजन हुने धापमा बस्ने सूक्ष्मजीवले फस्फीन बनाउँछन्।

यो ग्यास कारखानामा उत्पादन गर्न सकिन्छ। तर शुक्र ग्रहमा कुनै कारखान छैन र त्यहाँ पेन्ग्विन हुने कुरै भएन।

त्यसोभए शुक्रको वायुमण्डलमा सतहबाट ५० किलोमिटर माथि यो ग्यास किन छ त ? कार्डिफ यूनिभर्सिटीका प्राध्यापक जेन ग्रीभ्स र उनका सहयोगीहरू यही प्रश्नमा घोत्लिरहेका छन्।

उनीहरूले शुक्रमा देखिएको फस्फीन ग्यासबारे आफ्नो अध्ययन र त्यो प्राकृतिक रूपमा बन्न सक्ने सम्बन्धमा अनुसन्धान गरेर नेचर एस्ट्रनमीमा भर्खरै एउटा शोध प्रकाशन गरेका छन्।

तर अहिले उनीहरू तीनछक्क परेका छन्। यो कुरा उनीहरूले बीबीसीको स्काई एट नाईट कार्यक्रममा विस्तृतमा बताएका छन्।

शुक्र ग्रहबारे हामीले जे थाहा छ र त्यहाँ जेजस्तो अवस्था छ त्यसको आधारमा भेटिएको जति मात्रामा फस्फीन ग्यास त्यहाँ कसरी उत्पन्न भयो भन्नेबारे कसैले भन्न सकेको छैन। यसको अर्थ त्यहाँ जीवन हुनसक्ने सम्भावनामा विचार गरिनुपर्ने उनीहरूको भनाइ छ।

बीबीसी नेपालीबाट । 

Advertisement

Advertisement