ग्लोबल आइएमई समुन्नत योजना १ को बुक क्लोज असोज ९ गते, इकाईधनीहरुले ४ प्रतिशत प्रतिफल पाउने

काठमाडौँ । ग्लोबल आइएमई समुन्नत योजना १ को इकाईधनीहरुको दर्ता किताब बन्द(बुक क्लोज) असोज ९ गते १ दिन हुने भएको छ । 

ग्लोबल आइएमई क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित समुन्नत योजनाका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को नाफाबाट करसहित ४ प्रतिशतका दरले हुन आउने प्रतिफल वितरण गर्ने प्रयोजनका लागि बुध क्लोज गर्न लागिएको प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव पारसमणी ढकालले जनाएका छन् ।