बैंकर्स सङ्घ कर्णाली प्रदेश इकाई समितिको संयोजकमा शाक्य

Advertisement

कर्णाली । नेपाल बैंकर्स सङ्घ कर्णाली प्रदेश इकाई समिति गठन गरिएको छ । एभरेष्ट बैंक प्रदेश कार्यालय प्रमुख राजकुमार शाक्यको संयोजकत्वमा पाँच सदस्यीय बैंकर्स सङ्घ कर्णाली एकाइ समिति गठन गरिएको हो ।

इकाईको सहसंयोजकमा ग्लोबल आइएमई बैंकका विष्णु अर्याल तथा सदस्यमा सिभिल बैंकका अभिजित श्रेष्ठ, सेन्चुरी बैंकका धर्मराज श्रेष्ठ र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख रामकुमार थापा चयन भएका छन् । 

Advertisement

केन्द्रमा रहेको बैंकर्स सङ्घलाई सातै प्रदेशमा इकाइ समितिका रुपमा विस्तार गरिएको हो । संयोजक शाक्यले इकार्इ समितिले प्रदेश राजधानी र प्रदेशका सबै जिल्लामा बैंक तथा वित्तीय कारोवार, सरोकार निकायबीच समन्वय गर्न सहज हुने बताए । 

Advertisement

Advertisement