स्वास्थ्य बीमा बोर्डको अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले गरे पद तथा गोपनियताको सपथ ग्रहण

Advertisement

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।  

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नवनियुक्त अध्यक्ष डा उप्रेतीलाई मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ गराएका हुन् ।  

Advertisement

यस्तै सदस्यमा डा सुरेश तिवारी र चन्द्र थापा नियुक्त भएका छन् । दुवै जनालाई अध्यक्ष डा उप्रेतीले पद तथा गोपनियताको शपथ गराए । 

मन्त्री ढकालले तीनै जनालाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । बोर्डको कार्यकारी निर्देशकका लागि भने खुला प्रतिष्पर्धाबाट नियुक्त गर्नका लागि दरखास्त माग गरिएको छ ।

Advertisement

Advertisement