दोब्बर बढि मूल्यमा प्याज बिक्री गरेको भन्दै बल्खुका तरकारी व्यापारी पक्राउ

Advertisement

काठमाडौं । चर्को मूल्यमा ब्याज बिक्री गरेको भन्दै बल्खु तरकारी बजारका व्यापारी पक्राउ गरिएको छ । उक्त बजारका होलसेल व्यापारी एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालक सुनिल केसीलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो । 

बजार अनुगमनका क्रममा बल्खु तरकारी बजार पुगेको काठमाडौं महानगरपालिकाले अनुगमन टोलीले ४८ रुपियाँ प्रतिकिलोमा खरीद गरेको प्याज १२० रुपियाँमा बिक्री गरेको पाएपछि प्रहरीले पक्राउ गरेको जनाइएको छ । 

Advertisement

अनुगमनमा सहभागी उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाका अनुसार केसीलाई महानगरीय प्रहरी वृत कालिमाटीको जिम्मा लगाइनुका साथै उनको दुई वटा पसलमा गरेर २१९ बोरा प्याज सिल गरिएको छ। 

अनुगमन टोलीले चर्को मूल्यमा प्याज बिक्री गर्ने अन्य व्यापारीलाई भने उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलार्इ सिफारिस गरेको छ।

भारतले नेपालमा प्याज निर्यातमा प्रतिवन्ध लगाएसँगै प्याजको मूल्य बढ्ने र कालाबजारी सुरु हुने अनुमान गरिएको थियो । बजारमा अस्वाभाविकरुपमा मूल्य बढेको र कृतिम अभाव सिर्जना भएको सुनासो बढेपछि काठमाडौं महानगरपालिकाको टोली बजार अनुगमनमा निस्किएको थियो । 

Advertisement

Advertisement