सिटी एक्सप्रेस मनी ट्रान्स्फरले ल्यायो ‘सिटी एक्स्प्रेस गल्बन्दी टिक–टक च्यालेन्ज’

Advertisement

काठमाडौं । विप्रेषण सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्स्फरले देश बिदेशमा रहेका टिक–टक प्रयोगकर्ताहरुका लागि ‘सिटी एक्सप्रेस गल्बन्दी टिक–टक च्यालेन्ज’को आयोजना गरेको छ । 

लोकप्रिय गायक प्रकाश सपुतको चर्चित ‘गल्बन्दी’ गीतको मुख्य प्रायोजक रहेको सिटी एक्सप्रेसले फेरि सोही गीत स्मरण गराउँदै सिटी एक्सप्रेस गल्बन्दी टिक–टक च्यालेन्जको आयोजना गरेको हो । यस च्यालेन्जमा सहभागी हुनेमध्ये प्रथम, द्वितीय र तृतीय उत्कृष्ट भिडियोले क्रमश रु १५ हजार, रु १० हजार र रु पाँच नगद पुरस्कार पाउने छन् । साथै छनोटमा परेका उत्कृष्ट १० भिडियोलाई पाँच सय रुपियाँ बराबरको मोबाईल टप अप प्रदान गरिनेछ । 

Advertisement

भिडियो यही असोज १४ गतेसम्म पोस्ट गरीसक्नु पर्नेछ । यसको नतिजा असोज २० गते प्रकाशन गरिने कम्पनीले जानकारी दिएको छ । 
 

Advertisement

Advertisement