'अब सुरक्षाका लागि घरमा बस्ने होइन, काम गरेरै कोरोनालाई जित्ने हो'

Advertisement

शेखर गोल्छा  ////
नेपालमा चार महिना लामो लकडाउन गरियो । त्यो लकडाउन संसारकै सबै भन्दा लामो थियो । त्यसपछि आधा भन्दा बढी जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ ।
लकडाउन र निषेधाज्ञाले कोरोना रोक्ने होइन रहेछ भन्ने तथ्यलाई तथ्यांकहरुले प्रष्ट पारिरहेका छन् । त्यसकारण अब स्वास्थ्यका मापदण्ड पुरा गरेर व्यवसाय चलाउनै पर्छ । यतिबेला कोरोनाको संक्रमण र मृत्युदर बढेको छ । तर पनि अब अर्थतन्त्र चलायमान बनाउन सकिएन भने दुरगामी असर पर्नेछ । मजदुर र श्रमिकहरुमा झन धेरै असर गर्ने देखिन्छ । 

राष्ट्र बैंकका अनुसार ९६.७ प्रतिशत व्यवसायीहरुको ७५ प्रतिशत व्यवसाय घटेको । बेरोजगारी दर ६.१ प्रतिशतले बढेको छ । अनौपचारिक क्षेत्रमा काम गर्ने ४४ लाख युवाहरुको हालत के होला यतिबेला ? २२ प्रतिशत युवा औपचारिक क्षेत्रमा काम गर्छन, तिनको  पनि अवस्था नाजुक नै भएको छ । रेमिटेन्सले अर्थतन्त्र चलायमान भैरहेको छ । अब त त्यो पनि घट्छ होला । त्यसकारण, हरेक उद्योग व्यवसायका लागि फरक फरक मापदण्ड बनाउनुुपर्छ । स्कुल र सिनेमा हलका लागि छुट्टा छुट्टै मापदण्ड हुन सक्छ । तर अब मापदण्ड बनाएर व्यवसाय चलाउनुको विकल्प छैन् । 

विश्व प्रसिद्ध अर्थशास्त्रीहरुले सन २०२२ सालमा लकडाउन र निषेधाज्ञाको अवसर देखिन्छ भनिरहेका छन् । त्यतिबेला विश्व अर्थतन्त्र मन्दीमा जान्छ भन्ने अनुमान लगाईरहेका छन् । त्यसले नेपालमा पनि प्रभाव पार्छ भन्ने अर्थशास्त्रीहरुले भनिरहेका छन् । हामीले त्यो मन्दीबाट कसरी जोगिने भन्नेबारे पनि सोच्नु आवश्यक छ । हामीले स्टिमुलस प्याकेजको कुरा गरेका थियौं । सरकारले कर मात्रै उठाउने तर्फ ध्यान दिनु हुन्न । सरकारले उद्योग प्रवद्र्धन पनि गर्नुपर्छ । अब सुरक्षाका लागि घरमा बस्ने होइन, काम गरेरै कोरोनालाई जित्ने हो ।
सरकारले कोरोना विरुद्धको एप बनाउनुपर्छ । भारत लगायतका देशमा कोरोनासँगको युद्धमा एप्सहरु फलदायी सावित भैरहेका छन् । 

कोरोना महामारी सुरु भएपछि झण्डै एक खर्बको कृषि उपज आयात भएको खबर आईरहेको छ । अबको हाम्रो पहिलो अवसर भनेकै कृषिको आधुनिकिकरणमा छ । सरकारले बजेट र मौद्रिक नीतिबाट धेरै राम्रा प्रयासहरु गरेको छ । ब्याजदर घट्ने, ऋणको पुनर्तालिकीकरण गर्ने, पुनकर्जा दिने व्यवस्था गरिएको छ । तर त्यसको प्रभाव देखिएको छैन्, हामी कार्यान्वयनको पर्खाईमा छौं । –नेपाल उद्योग बाणिज्य महासंघको उद्योग समितिले आयोजना गरेको वेविनारमा महासंघका बरिष्ठ उपाध्यक्ष गोल्छाले व्यक्त गरेको धारणाको सम्पादित अंश)
 

Advertisement

Advertisement

Advertisement