सार्कका अर्थमन्त्रीहरुको बैठकः आर्थिक पुनस्थापनका लागि आर्थिक संयन्त्रहरु सक्रिय बनाऔं

Advertisement

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्क राष्ट्रहरुको आर्थिक पुनस्थापनका लागि सार्कका आर्थिक संयन्त्रहरु सक्रिय बनाउनुपर्ने बताएका छन् । निमित्त अर्थमन्त्रीको हैसियतको रुपमा बुधबार सार्क राष्ट्रका अर्थमन्त्रीहरुको १५औं अनौपचारिक बैठकमा बोल्दै ज्ञवालीले सार्कका आर्थिक संयन्त्रहरु सक्रिय बनाउने बेला आएको बताएका हुन् । 

भर्चुअल बिधिबाट भएको बैठकमा उनले कोभिड १९ को कारणले विश्व अर्थतन्त्रसंगै दक्षिण एशियाको अर्थतन्त्रमा पनि गम्भीर असर परेको र यसबाट मुक्त हुन सार्क राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारीको महत्व बढेको बताए । ज्ञवालीले कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारमा सबै सार्क राष्ट्रहरु क्रियाशील रहेको वर्तमान समयमा स्रोत परिचालन, सहकार्य र साझेदारीले मात्रै सार्क क्षेत्रका जनताको स्वास्थ्य तथा आर्थिक जीवनको रक्षा गर्नु सम्भव हुने बताए । 

Advertisement

यसका लागि सार्कका आर्थिक संयन्त्रहरुलाई क्रियाशील बनाउदै आर्थिक पुनर्उत्थानका रणनीति तय गर्नुपर्ने, गरिब र मूलतः रोजगार गुमाएका श्रमिकको आर्थिक अवस्थामा सुधार ल्याउनु पर्ने र उनीहरुको मनोसामाजिक समस्या समेत सम्बोधन गर्नुपर्ने ज्ञवालीले बताए । 

बैठकमा सार्कका महासचिव इसाला विराकुन, एशियाली विकास बैंकका उपाध्यक्ष सिसिन चेन, एशियाली विकास बैंकका प्रमुख अर्थशास्त्री यासायुक्ती सावादाले बोलेका थिए । सो अवसरमा सार्क राष्ट्रका अर्थमन्त्रीहरु र प्रतिनिधिमण्डलका प्रमुखहरुले सार्कका औपचारिक संयन्त्रहरुलाई क्रियाशील बनाई दक्षिण एशियाली अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने बताएको अर्थमन्त्रालयले जनाएको छ । 

Advertisement

Advertisement