सिडिएसले सुरु गर्यो मेरो शेयरको मोवाइल एप, लगानीकर्तालाई सुबिधैसुबिधा

Advertisement

काठमाडौँ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताहरुका लागि हितग्राही खातामा मौज्दात रहेको धितोपत्र विवरण र बजार मूल्यका आधारमा आफ्नो पोर्टफोलियो हेर्न मिल्ने मेरो शेयरको मोवाइल एप परीक्षण शुरु गरेको छ । 

सिडिएसले बुधबारदेखि उक्त एप परीक्षणका लागि गुगल प्ले स्टोरमा राखिएको जनाएको छ । एपमा मेरो शेयरको वेब मर्जनमा रहेका सम्पूर्ण सुविधाहरु मध्ये हाल माई आश्वा भित्र रहेका सुविधाहरु बाहेकका सेवामात्र उपलब्ध गराइएको छ । निकट भविश्यमा नै माई आश्वा सहितको सम्पूर्ण सुविधाहरु सामेल गरी पूर्ण रुपमा सञ्चालनमा ल्याउने सिडिएसले जनाएको छ । 

Advertisement

यस एप हालका लागि एन्ड्रोइड अपरेटिङ सिस्टममा उपलब्ध गराइएको र निकट भविश्यमा नै आईओएस अपरेटिङ सिस्टममा समेत उपलब्ध गराइने जनाइएको छ । 

लगानीकर्तालाई आफ्नो स्वामित्वमा रहेको धितोपत्रको लागतको भारित औसत गणना गर्न, धितोपत्रको कारोबार पछिको राफसाफ तथा फछ्र्यौटका लागि आफ्नो धितोपत्र सम्बन्धित राफसाफ सदस्यलाई हस्तान्तरण गर्नका लागि विद्युतीय निर्देशन पूर्जी जारी गर्न तथा प्राथमिक बजारमा सार्वजनिक निष्काशन भएका धितोपत्रको खरिद आवेदन प्रविष्टि गर्ने लगायतका सुविधा प्राप्त गर्ने सिडिएसले विज्ञप्ति मार्फत जनाएको छ । 

उक्त एप मार्फत मेरो शेयरको सेवा प्रयोग गर्दा लगानीकर्ताले थप सहज एवम् चुस्तता महसुस गर्न सक्ने सिडिएसको विश्वास छ । 

Advertisement

Advertisement