हायरमी नेपालको मोवाइल एप शुभारम्भ, ५० हजारलाई रोजगारीको सुविधा दिने लक्ष्य

Advertisement

काठमाडौं । हायरमी नेपालको मोवाइल एप बिहीबार शुभारम्भ गरिएको छ । रोजगारदाता र रोजगारी खोज्नेलाई एउटै प्लेटफर्ममा सम्पर्क गराउने उद्देश्यले गत साउन १ गतेबाट अनलाइन वेभसाइट प्रारम्भ गरेको हायरमीले आज एज सार्वजनिक गरेको हो । 

दुई महिनाको अवधिमा रोजगारी दिने कम्पनी तथा रोजगारी खोज्ने व्यक्तिहरूबाट रजिष्ट्रेशनमा राम्रो रेस्पोन्स आएको कम्पनीले जनाएको छ । एप प्रारम्भ भएपछि ब्यक्तिगत प्रयोगकर्तालाई गुगल प्ले स्टोरबाट डाउनलोड गरी विज्ञापनहरू हेर्न, कम्पनीमा सम्पर्क गर्न, सम्पर्क पछि अन्तरवार्ता गर्न तथा ‘जब’ निर्धारण गर्न धेरै सजिलो हुने जनाइएको छ । 

Advertisement

रोजगारी खोज्नेहरूको लागि यो पोर्टलमा २४ किसिमको छनोट हुने छ । चाहेको क्षेत्रमा रजिष्ट्रर्ड हुन सकिने छ । विभिन्न पत्रपत्रिकामा प्रकाशित विज्ञापन हेर्न सकिने छ । कम्पनीहरूले सोझै राखेको विज्ञापनमा निवेदन दिन सक्नेछन् । क्षेत्र अनुसार कम्पनीहरूले उम्मेद्वारलाई सोझै सम्पर्क गर्नसक्नेछन् । अन्तरवार्ता लिन सक्ने सुविधा पनि उपलब्ध रहेको जनाइएको छ । 

छिट्टै अब जनशक्ति व्यवस्थापन तथा उम्मेद्वारले दिने अन्तरवार्तामा दक्ष बनाउने गरी आवश्यक्ता टिप्स र सामग्री यसैबाट हेर्न सकिने गरी उपलब्ध गराइने हायरमी नेपालले जानकारी दिएको छ । यो डिजिटल प्लेटफर्म र एप निःशुल्क रूपमा प्रयोग गर्न सकिने जानकारी दिँदै कम्पनीले अबको दुई वर्षमा पाँच लाख व्यक्ति र कम्पनीलाई रजिष्टर्ड गर्न लगाई ५० हजारलाई रोजगारीको सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

Advertisement

Advertisement