साताको शेयर बजारः ५१.४९ अंकले बढ्यो, १३ अर्ब ८६ करोडको कारोबार

Advertisement

काठमाडौँ । समग्रमा यो साता शेयर बजार ५१.४९ अंकले बढेको छ । गत साताको अन्तिम दिन भदौ २५ गते विहीबार १५२०.६९ अंकमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम दिनसम्म आइपुग्दा ५१.४९ अंकले बढेर १५७२.१८ अंकमा पुगेको छ ।  

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार आइतबार १६.५६ अंक र सोमबार ३.२६ अंकले बढेको शेयर बजार मंगलबार ४.४७ अंकले घटेको थियो । त्यसैगरी बुधबार पुनः ५.३६ अंकले बढेको शेयर बजार साताको अन्तिम दिन आज ३०.७८ अंकले बढेको हो । 

Advertisement

१३ अर्ब ८६ करोडको कारोबार
त्यस्तै यो साता समग्रमा १३ अर्ब ८६ करोड रुपियाँ बराबरको शेयर किनबेच भएको छ । 

नेप्सेका अनुसार आइतबार ३ अर्ब ३७ करोड रुपियाँ, सोमबार ३ अर्ब १३ करोड रुपियाँ, मंगलबार १ अर्ब ८० करोड रुपियाँ, बुधबार १ अर्ब ८४ करोड रुपियाँ र बिहीबार ३ अर्ब ७२ करोडको कारोबार भएको हो । गतसाता भने समग्रमा नेप्से परिसूचक १०.२७ अंकले बढेको थियो भने ८ अर्ब ९० करोड रुपियाँ बराबरको कारोबार भएको थियो । 

साताको अन्तिम दिन उत्साह 
साताको अन्तिम दिन आज शेयर बजारमा उत्साह देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज शेयर बजार ३०.७८ अंकले बढेको हो । २ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १५७२.१८ अंकमा उक्लिएको छ । 

नेप्सेका अनुसार आज १९१ कम्पनीका १३ करोड २१ लाख ८ हजार ६ सय ९९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७२ करोड ७२ लाख २२ हजार १ सय ६ रुपियाँ बराबरको कारोबार भयो । 

शेयर बजारमा उत्साह छाएको दिन आज निर्जीवन बीम समूह मात्रै राताम्मे भयो, बाँकी सबै समूहमा हरियाली छाएको छ । हिजोअस्ती जस्तै आज पनि नेपाल पुनर्बीमा कम्पनीको शेयर सबैभन्दा बढी किनबेच भयो । कम्पनीको १४ करोड ९८ लाख ६ हजार ८ सय ३२ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

कस्तो थियो गतसाताको शेयर बजार ? तलको लिंक क्लिक गर्नुहोस्ः 

साताको शेयर बजारः १०.२७ अंकले बढ्यो नेप्से, ८ अर्ब ९० करोड रुपियाँको कारोबार
 

Advertisement

Advertisement