राष्ट्रिय सभाको गरिमा बढाउँछुः गौतम

Advertisement

काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमले राष्ट्रिय सभाको गरिमा बढाउने बताएका छन् । राष्ट्रिय सभा सदस्य पदको सपथ ग्रहण गरेसँगै उनले राष्ट्रिय सभाको गरिमा बढाउने बताएका हुन् । ‘म नेपालको संबिधान अनुसार राष्ट्रिय सभामा आएको छु, यसको गरिमा बढाउन भूमिका खेल्नेछु’, गौतमले भने । 

उनले संबिधानमै समाजवाद उन्मुख हुने भनेर लेखिएकाले त्यस्तो समाजवादको आधार निर्माण गर्न पनि आफ्नो भूमिका रहने प्रतिवद्धता पनि व्यक्त गरे । 
उनले आफुलाई राष्ट्रिय सभामा पठाउने पार्टी, सिफारिस गर्ने प्रधानमन्त्री र नियुक्त गर्ने राष्ट्रपतिलाई धन्यवाद पनि दिए । 
 

Advertisement

Advertisement

Advertisement