एनआईसी एशियाको ब्याजदरः असोज मसान्तसम्मको साँवा तथा ब्याज चुक्ता गर्दा ८.९९ प्रतिशतमात्रै

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंकले कोरोनाका कारण ग्राहकहरुलाई परेको आर्थिक भारलाई कम गर्ने उद्देश्यले २०७७ असोज मसान्तका लागि समेत पुनः आकर्षक सहुलियत योजना ल्याएको छ । 

जसअनुसार २०७७ साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कात्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिनेछ । 

Advertisement

बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गर्नुभएका सम्पूर्ण योग्य ग्राहकहरूले यस योजनामा सहभागी भई समयमै लाभ उठाउन सक्ने छन् । 
 

Advertisement

Advertisement