अर्थतन्त्र डुब्नै लाग्यो, त्यही भएर लकडाउन हटाएकोः मन्त्री ज्ञवाली

Advertisement

गुल्मी । सरकारको प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अर्थतन्त्र डुब्नै लागेकाले लकडाउन हटाएको तर्क गरेका छन् । आफ्नो गृहजिल्ला आएका उनले बिहीबार तस्घासमा आयोजित कार्यक्रममा छ महिना लामो लकडाउनले मुलुकको अर्थतन्त्र डुब्न लागेकाले लकडाउन हटाउनु परेको बताएका हुन् । 

कोभिड–१९ परीक्षण प्रयोगशाला स्थापना गर्दै उनले कोरोनासँग जुध्ने र अर्थतन्त्रलाई चलायमान बनाएर मुलुकलाई संकटलाई पार लगाउन सरकारले नयाँ ढंगबाट काम सुरु गरेको बताउँदै उनले भने, ‘अबको लडाइँ चुनौतीपूर्ण छ, लामो समय लकडाउन संभव छैन । अब सबैले आ–आफ्नो ठाउँबाट सचेत भएर कोरोनासँगको लडाइँमा विजयप्राप्त गरी पुरानै अवस्थामा फर्काउनुपर्छ ।’

Advertisement

दैनिक ज्यालादारीमा काम गरी खाने मजदुर, किसानदेखि ठूला उद्योगसम्ममा आर्थिक संकट परेकाले निषेधाज्ञा हटाएर खुला गरिएकाले ज्ञवालीको तर्क छ । उनले
सरकारले छ महिनाको अवधिमा कोरानाबारे चेतना अभिवृद्धि गर्ने काम गरेको दावी गर्दै सावधानी अपनाएर गतिविधि सञ्चालन गर्न आग्रह गरे । 

अब स्वास्थ्य पनि जोगाउनुपर्ने र अर्थतन्त्र पनि जोगाउनुपर्ने चुनौती आफूहरुसँग रहेको बताउँदै उनले कोरोनालाई जित्न सबै एक हुनुपर्ने बताए । 

Advertisement

Advertisement