जनरल इन्स्योरेन्सको आइपीओ असोज ११ देखि, कति भर्ने ?

Advertisement

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ असोज ११ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले शुक्रबार आव्हान पत्र जारी गर्दै असोज ११ गतेदेखि प्रति कित्ता एक सय रुपैयाँ मूल्य अंकित ३० लाख कित्ता बराबरको ३० करोड रुपैयाँको आइपीओ निष्काशन गर्न लागेको हो । 

न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । ३० लाख कित्तामध्ये एक लाख ५० हजार कित्ता अर्थात पाँच प्रतिशत सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । त्यस्तै, एक लाख २० हजार कित्ता अर्थात ४ प्रतिशत भने कर्मचारीका लागि छुट्याएको छ । बाँकी २७ लाख ३० हजार कित्ता भने सर्वसाधारणका लागि हो । 

कम्पनीको आइपीओ निष्काशनका लागि एआइबीएल एस क्यापिटल बिक्रि  प्रबन्धक रहेको छ । छिटोमा असोज १४ गते र ढिलोमा २५ गते आइपीओ निष्काशन बन्द हुनेछ । ३० करोड रुपैयाँको आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ । जनरल इन्स्योरेन्सको प्रति सेयर आम्दानी २.२५ रुपैयाँ रहेको छ । 
 

Advertisement

Advertisement

Advertisement