समय घर्किएपछि बंगलादेशबाट मल ल्याउन प्रक्रिया सुरु गर्दै सरकार

Advertisement

काठमाडौं । बंगलादेशले नेपाललाई युरिया मल  दिन तयार भएपछि सरकारले त्यो ल्याउन प्रकृया शुरु गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले बंगलादेशबाट युरिया मल ल्याउने आधिकारीक निर्णय गरेको कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुषालले बताए ।

नेपालमा युरिया मलको अभाव भएपछि सरकारले बंगलादेशसँग ५० हजार मेट्रिक टन मल पैंचो माग गरेको थियो । सरकारल माग गरे अनुसार बंगलादेशले सो मल दिन तयार भएपछि बिहीबार सरकारले सो निर्णय गरेको हो । सरकारले निर्णय गरेसँगै आजदेखि टेण्डर आह्वान गरेर मल ल्याउने प्रकृयामा जाने मन्त्रालयले जनाएको छ । बंगलादेशले दिएको ५० हजार टन मल नेपालले आठ महिनाभित्र फिर्ता गर्नुपर्छ मन्त्रीपरिषद्को निर्णय आइसकेपछि मल ढुवानीका लागि सातको दिनको म्याद दिइ बोलपत्र आह्वान गरिनेछ ।

Advertisement

सरकारबाट ठेक्का लिएका शैलुङ इन्टरप्राइजेज प्रालि ललितपुर र होनिको मल्टिपल प्रालिले तोकिएको समयमा २५–२५ हजार टन युरिया मल आपूर्ति नगरेका कारण मलको हाहाकार भएको थियो । मलको हाहाकार भएपछि कृषि मन्त्रालयले बंगलादेशबाट मल ल्याउने पहल गरेको थियो । 

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement