हायर पर्चेज र अटो रिक्सा कर्जामा कामना सेवाको छुटैछुट

Advertisement

काठमाडौँ । कामना सेवा विकास बैंकले व्यावसायिक प्रयोजनको लागि हायर पर्चेज कर्जा तथा अटो रिक्सा कर्जा सुविधामा छुट दिंदै आएको छ । 

बैंकले यातायात व्यवसायीहरुलाई श्रावण महिनाको ब्याजमा ५० प्रतिशत तथा होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुलाई श्रावण महिनाको ब्याजमा ७० प्रतिशत छुट दिई कोभिड–१९ बाट प्रभावित व्यवसायीहरुलाई सहुलियत प्रदान गरी सकेको जनाएको छ । यो योजनामा यातायात व्यवसायीहरुले गरेको अपेक्षालाई मध्यनजर गदैं उहाँहरुको मागलाई सम्बोधन गरी राहत प्रदान गर्ने उद्देश्यले  बैंकले पुनः भाद्र महिनाको ब्याजमा छुटको योजना समेत ल्याएको हो । 

Advertisement

बैकले स्वरोजगारको लागि अटो रिक्सा लिएका  न्यून आयका भएका ऋणीलाई बैंकको हालसम्म साँवा तथा ब्याज बक्यौता चुक्ता गरेमा भाद्र महिनाको ब्याजमा शतप्रतिशत छुट दिने जनाएको छ ।

साथै यातायात व्यवसायीहरुलाई समेत सम्पूर्ण बक्यौता  चुक्ता भुक्तान गरेमा भाद्र महिनाका पाकेको ब्याजमा ३० प्रतिशतले छुट दिने योजना ल्याएको छ । साथै, आफ्नो  सम्पूण बक्यौता चुक्ता भुक्तान गर्ने यातायात व्यवसायी तथा अटो रिक्सा व्यवसायीलाई ब्याजदरमा परिमार्जन गरी यस त्रैमासको ब्याजदर ९.९९ प्रतिशत कायम गरिने समेत बैंकले जनाएको छ । यो योजनाले यातायात व्यवसायी र न्यून आय भएका अटो रिक्सा व्यवसायीहरुले अधिकतम लाभ प्राप्त गरी व्यवसाय सञ्चालनमा थप सहजता हुने समेत बैंकले विश्वास लिएको छ । 

Advertisement

Advertisement