गरिमा विकास बैंकले एकै दिन सञ्चालन गर्यो ६ वटा शाखा

Advertisement

काठमाडौँ । गरिमा विकास बैंकले विहीबार काठमाडौँ उपत्यका भित्र र बाहिर गरी एकैदिन ६ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । 

बैंकले उपत्यका बाहिर नवलपुरको गैडाकोट, रुपन्देहीको कोटिहवा, रौतहटको चन्द्रपुर, धनुषाको जनकपुर र उपत्यका भित्र काठमाडौँको ढुङगेधारा तथा ललितपुरको इमाडोल गरी एकैदिन ६ वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।

Advertisement

काठमाडौं उपत्यकाभित्र १३ वटा शाखा सहित देशभर सम्पूर्ण प्रदेशमा ९७ शाखा, ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । 

Advertisement

Advertisement