आठ पसल कारबाहीमा, १४ लाख ८० हजार राजश्व संकलन

Advertisement

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले  विभिन्न स्थानका  आठ पसललाई कारबाही गरेको छ । 

अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै ती पसललाई कारवाही स्वरुप जरिवाना गर्दा  चौध लाख ८० हजार राजश्व  समेत सङ्कलन  भएको छ । विभागका निर्देशक एवम् सूचना अधिकारी रविन्द्र आचार्यले तरकारी, पानी तथा खाद्यान्नका पसललाई विहीधबारकारबाही गरिएको जानकारी  दिए ।   

Advertisement

बजारमा  पछिल्लो समय प्याजको मूूल्यमा  वृद्धि भएको छ । विभागले व्यावसायिले बढी मूल्यमा प्याज बिक्री गर्न थालेपछि तरकारी बजारलाई लक्षित गरी बजार अनुगमनलाई तीब्रता दिएको जनाएको छ । 

विहीबार  मात्र ६ वटा आलु प्याज व्यापारीलाई कारबाही गरिएको छ । उनले काठमाडौँ महानगरपालिकाको वडा नं ३२ स्थित तीनकुनेमा रहेको हरित कृषि तरकारी बजारमा रहेको उलक सब्जि भण्डार, दुलाल आलु भण्डार र  व्यापारी विजेश गौतमलाई  ५५÷५५ हजार जरिवाना गरिएको बताए । 

यसैगरी काठमाडौँ महानगरपालिका–१३ मा रहेको रञ्जन आलु प्याज भण्डार,  महानगर १४ मा रहेको पशुपति आलु स्टोरलाई प्रति स्टोर रु दुई लाख ५० हजार , न्यू सापकोटा खाद्य तथा तरकारी स्टोलाई रु दुई लाख ५५ हजार र कागेश्वरी मनोहरा–५ मा रहेको माता सरस्वती खाने पानी प्रालिलाई रु दुई लाख ५० हजार जरिवाना गरिएको जनाइएको छ । 

Advertisement

Advertisement