नेपाल बैंकको विशेष साधारण सभा असोज १९ गते, सञ्चालकको व्यवस्थामा परिवर्तन गर्ने

Advertisement

काठमाडौँ । नेपाल बैंकको विशेष साधारण सभा असोज १९ गते हुने भएको छ । भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले भिडियो कन्फ्रेन्स मार्फत  बिहान ११ बजे विशेष साधारण सभा गर्ने निर्णय गरेको बैंकद्वारा आज प्रकाशित सूचनामा उल्लेख छ ।

विशेष साधारण सभाले बैंक सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्व सम्बन्धी साविकको व्यवस्थामा परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने ४ जना सञ्चालकबाट घटाई ३ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचित हुने २ जना सञ्चालकबाट बृद्धि गरी ३ जना कायम गर्न नियमावली सम्बन्धित दफामा संशोधन गर्ने जनाइएको छ । 

Advertisement

त्यसैगरी विशेष साधारण सभा प्रयोजनका लागि असोज ८ गते शेयरधनी दर्ता पुस्तिका बन्द(बुक क्लोज) गर्ने निर्णय गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा असोज ७ गतेसम्म कारोबार भई नियमानुसार शेयर नामसारी भएका शेयरधनीहरुले मात्र विशेष साधारण सभामा सहभागी भई निर्णय प्रक्रियामा भाग लिन सक्ने सूचनामा उल्लेख छ ।  

Advertisement

Advertisement