समीट र सजिलो लघुवित्तको एकीकृत कारोबार असोज ६ गतेदेखि

Advertisement

काठमाडौँ । समीट लघुवित्त वित्तीय संस्था र सजिलो लघुवित्त एकआपसमा गाभिएर असोज ६ गतेबाट एकीकृत कारोबार हुने भएको छ । 

गोरखा केन्द्रीय कार्यालय भएको सजिलो र बिर्तामोड केन्द्रीय कार्यालय भएको समीट लघुवित्त एक आपसमा गाभिने प्रस्ताव २०७७ असार २१ गते सम्पन्न विशेष साधारण सभाबाट पारित भएको भएको थियो । 

Advertisement

यी दुई संस्था एकआपसमा गाभ्ने/गाभिने बारे नेपाल राष्ट्र बैंकले भदौ ७ गते अन्तिम स्वीकृति दिएको र कम्पनी रजिष्ट्रारको कार्यालयबाट भदौ २८ गते दुई संस्था गाभिएर बनेको समीट लघुवित्त वित्तीय संस्थालाई स्वीकृत प्राप्त भएको थियो । 

नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्राप्त भएपछि विहीबार बसेको सञ्चालक समितिको बैठकले असोज ६ गते एकीकृत कारोबार शुभारम्भ गर्ने निर्णय गरेको कम्पनी सचिव घनश्याम थापाले बताए ।  

Advertisement

Advertisement