चौधरी ग्रुपले अमेरिकी ब्राण्ड ‘ब्ल्याक डेकर’का घरायसी सामग्रीहरुको बिक्री सुरु गर्यो

Advertisement

काठमाडौं । व्यापारिक घराना चौधरी ग्रुपअन्तर्गतको कम्पनी सिजी इम्पेक्सले अमेरिकी ब्राण्ड ‘ब्ल्याक डेकर’का घरायसी सामग्रीहरु नेपालमा बिक्री सुरु गरेको छ । शुक्रबार भर्चुअल पत्रकार सम्मेलन गरी चौधरी ग्रुपको सिजी डिजिटल पार्कमार्फत ‘ब्ल्याक डेकर’का सामग्रीहरु नेपालमा बिक्री गर्न सहकार्य एवं साझेदारी भएको हो । 

अब ‘ब्ल्याक डेकर’का घरायसी सामग्रीहरु स्टिम आइरन, ग्रिन्डर मिल्स, राइस कुकर, गार्मेन्ट स्टिमर, स्याण्डविच मेकर, हिटर, माइक्रोवेभ ओभन, ओटीसी आदि नेपाली ग्राहकले खरिद गर्न सक्नेछन् । विश्वभरीका ग्राहकहरुको रोजाईमा पर्ने गरेको ‘ब्ल्याक डेकर’ नेपाली उपभोक्ताले पनि मन पराउने कम्पनीको विश्वास छ । 

Advertisement

चौधरी ग्रुप चार दशकदेखि विभिन्न बहुर्राष्ट्रिय कम्पनीका घरायसी सामग्रीहरु बिक्री गर्दै यस क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सफल हुँदै आएको छ । 
 

Advertisement

Advertisement