एनआईसी एशियाको सुपर चमत्कारिक कर्जाहरूको आवेदन खल्तीबाटै दिन सकिने

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंकले खल्ती डिजिटल वालेटमार्फत सुपर चमत्कारिक कर्जाहरूको आवेदन दिन सकिने नवीनतम सुविधा ल्याएको छ । 

यस कर्जा योजनाअन्तर्गत समावेश गरिएका सर्वाधिक फाइदा तथा सुविधाहरू भएका सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जाको आवेदन उक्त खल्ती डिजिटल वालेटबाट जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

Advertisement

साथै बैंकको मोबाईल बैंकिङ्गसुविधा उपभोग गरिरहनुभएका ग्राहकहरूले आफ्नो बैंक खातामा खल्ती डिजिटल वालेटलाई लिंक गरेका १४ असोज २०७७ सम्म रू. ५० नगद उपहार प्राप्त गर्ने व्यवस्था खल्ती वालेटले गरेको छ । खातामा वालेटलाई जोडेपश्चात् वालेटमार्फत वस्तु तथा सेवा खरिद गर्दा लागत रकम सिधै बैंक खाताबाट भुक्तानी गर्न सकिने व्यवस्था उपलब्ध हुनेछ ।

बैंकले सेवागत क्षेत्रमा समेत ग्राहकहरूलाई सहजता पु¥याउने उद्देश्यसहित खल्ती डिजिटल वालेटसँग पछिल्लोपटक कर्जाको आवेदन दिन सकिने सहकार्य गरेको जनाएको छ । यस वालेटका प्रयोगकर्ताहरूले वालेटभित्र रहेका यस बैंकको सुपर चमत्कारिक कर्जाहरूको आइकनमा ट्याप गरेर तीन किसिमका कर्जामध्ये आफुलाई चाहिएको कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । 

यसरी प्राप्त आवेदनहरू खल्ती डिजिटल वालेटले यस बैंकलाई पठाउने र बैंकले आवश्यक थप प्रक्रिया पु¥याई सम्पूर्ण कागजात बुझिलिएको ४८ घण्टाभित्र सम्बन्धित आवेदकलाई कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको छ । आवेदकको कर्जा स्वीकृतिको अवस्थाको बारेमा बैंकले एसएमएसबाट जानकारी गराउनेछ र आवेदक स्वयम्ले समेत यस बैंकको वेबसाइटमा गई लोन स्टाटस आफैँ ट्राक गर्न सक्ने छन् । 
 

Advertisement

Advertisement