संविधान दिवसमा त्रिपाठीले दिए युरोपियन युनियन, अमेरिका र भारतको पूरानो सत्तालाई बधाई

Advertisement

काठमाडौं । वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले संविधान दिवसको अवसरमा युरोपियन युनियन, अमेरिका र भारतको पूरानो सत्तालाई बधाई दिएका छन् । 

उनले युरोपियन युनियन, अमेरिका र काँग्रेसको पूरानो सत्ता (काँग्रेस आईको गठवन्धन सरकार)को दबाब एवं स्वार्थमा नेपालको स्वार्थमा नेपालको अहिलेको संविधान जारी भएको संकेत गर्दै नेपाली जनतालाई बधाई नदिई उनीहरुलाई बधाई दिएका हु्न । 

Advertisement

त्रिपाठी सामाजिक सञ्जालमा लेख्छन्, ‘कम्युनिस्टको दृष्टिमा ‘अधुरो’, काङ्ग्रेसको निम्ति ‘बाध्यताको’, जातिबादी र क्षेत्रीयताबादीका निम्ति ‘अपर्याप्त दाइजो’ तथा नेपाली जनता र देशको निम्ति ’भारी बोझ‘ बनेको बिद्यमान सम्बिधान दिवसको अवसरमा युरोपिएन युनियन, भारतको पुरानो सत्ता र अमेरिकालाई धेरै धेरै शुभकामना तथा बधाई छ। 

Advertisement

Advertisement