एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंक सञ्चालक समितिका अध्यक्ष तलसीराम अग्रवाललार्ई  ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित गरिने भएको छ ।  

संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैंकका संचालक समितिका अध्यक्ष तथा विशाल गु्रपका उपाध्यक्ष एवम् प्रतिष्ठित उद्योगी व्यवसायी अग्रवालज्यूलाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित गर्ने घोषणा गरेकी हुन् । 

Advertisement

अध्यक्ष अग्रवालले पाँच दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्याउँदै आएको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । 

उनी बैंकको अध्यक्षका साथै हाल विशाल गु्रपको उपाध्यक्ष, मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएका छन् । साथै भीजी फाउण्डेसनमार्फत समाजको हित रक्षाको लागि समेत उल्लेख्य कार्य गर्दै आएको जनाइएको छ । 

तलको लिंक पनि क्लिक गर्नुहोलाः  

संबिधान दिवसमा उद्योगी उमेशलाल श्रेष्ठदेखि शंकर ग्रुपका अध्यक्षले पाए विभुषण, अरु को को ?

Advertisement

Advertisement