अस्पताल लगिएका डा. गोविन्द केसीले आफ्नो उपचार गर्न मानेनन्, अपहरण गरिएको गुनासो

Advertisement

जुम्ला । चिकित्सा शिक्षा तथा चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीलाई उपचारका लागि अस्पताल लगिए पनि उपचार लिन अस्वीकार गरेका छन् । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत कार्यक्रम तत्काल सञ्चालन गरिनुपर्ने माग राखी अनशन सुरु गरेका केसीलाई शनिबार राति प्रहरीले अस्पताल ल्याए पनि उपचार लिन उनले अस्वीकार गरेका छन् । 

Advertisement

आफूलाई अपहरण शैलीमा ल्याइएको भन्दै केसीले विरोध जनाइरहेका छन् । अनशन स्थलबाट प्रहरीले केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा पुर्याएको थियो । डा. केसीले आफ्ना माग पूरा गर्नुको सट्टा अपहरण शैलीमा अस्पताल लगिएको गुनासो गरेका छन् । माग पूरा नभएसम्म कुनै उपचार नलिने अडान राखेका उनी अहिले १९औं चरणको अनशनमा छन् । 

स्वास्थ्य बिग्रिएको भन्दै चिकित्सकहरुले उनलाई अस्पताल लैजान सुझाव दिएपछि प्रहरीले उनलाई राति नै अस्पताल पुर्याएको थियो । अनशनस्थलमा स्वास्थ्य जाँच गर्न मानेका केसीले अस्पताल ल्याएपछि जाँच गर्न अस्वीकार गरेका छन् । चिकित्सकहरुले केसीको रगतमा चिनीको मात्रा अति कम भई प्रमुख अंगहरूमा जटिल समस्या देखिन सक्ने अवस्था रहेको बताएका छन् । 

Advertisement

Advertisement