मन्त्रीमण्डल पुनर्गठन गर्ने सहमति, ‘आउने र जाने’को सूची बन्दै

Advertisement

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनको सहमति जुटेको छ । नेकपा केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको सचिवालय बैठकमा नेताहरुबीच मन्त्रिमण्डल पुनगर्ठन गर्ने सहमति भएको हो । सचिवालयका सबै नेताहरुले गुण र दोषका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्ने समझादारी बनेको श्रोतले बतायो । 

सबै मन्त्रीलाई हटाएर नयाँ टिम पठाउने वा राम्रो काम गरिरहेकाहरुलाई निरन्तरता दिएर अरुलाई हटाउँदै नयाँ टिम पठाउने भन्नेबारे छलफल जारी छ । श्रोतका अनुसार एक दर्जन मन्त्रीहलाई घर जानेछन् ।  त्यसो त अहिले अर्थ, सूचना तथा सञ्चार प्रविधि र शहरी विकास मन्त्रालय खाली छ । अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले सम्हालिरहेका छन् भने शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङले सम्हालिरहेका छन् । 

स्वास्थ्य मन्त्री, वन मन्त्री, खेलकुद मन्त्री, खानेपानी मन्त्री, उद्योग मन्त्री, शिक्षा मन्त्री, उर्जा मन्त्री, श्रम मन्त्री, भूमि व्यवस्था तथा शहकारी मन्त्रीलाई घर पठाउने तयारी छ ।
यसरी खाली हुने मन्त्रालयहरुमा शिर्ष नेताहरुका बीचमा समन्वय गरेर निश्चित मापदण्डका आधारमा नयाँ मन्त्रीहरु नियुक्त गरिनेछन् । मन्त्री बन्नका लागि बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, बिष्णु पौडेल, सुरेन्द्र पाण्डे, बिरोध खतिवडा, कल्याणी खड्का, महेश बस्नेत, यज्ञराज सुनुवार, गणेश पहाडी, बिशाल भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, जनार्दन शर्मा, देवेन्द्र पौडेल, पम्फा भुषाल, देव गुरुंग लगायतले प्रयास गरिरहेका छन् । 

प्रधानमन्त्री ओलीका सामु अर्थमन्त्री कसलाई बनाउने भन्ने ठूलो सकस खडा भएको छ । बामदेव गौतमदेखि बिष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल र प्रदिप ज्ञवाली सबैले अर्थमन्त्री बन्ने उत्कट चाहना राखेका छन् । तर अन्तिममा भने प्रदिप ज्ञवालीले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको नेकपा श्रोत बताउँछ । सुरेन्द्र पाण्डेले भने अर्थमन्त्री बन्नका सुरुदेखि नै मेहनत गरिरहेका छन् । 

Advertisement

Advertisement

Advertisement