एनएमबि हाइब्रिड फण्ड र एनएमबि ५० को प्रतिफल घोषणा, इकाईधनीले कति पाउने भए ?

Advertisement

काठमाडौँ । एनएमबि हाईब्रिड फण्ड एल १ र एनएमबि ५० का इकाईधनीहरुका लागि प्रतिफल घोषणा गरिएको छ । एनएमबि क्यापिटलको आइतबार बसेको बैंठकले प्रतिफल घोषणा गरेको हो । 

एनएमबि म्युचुअल फण्ड अन्तरगत सञ्चालनमा रहेको एनएमबि हाइब्रिड फण्डका इकाईधनीहरुका लागि आव २०७६/७७ को नाफाबाट करसहित ८ प्रतिशत र एनएमबि ५० का इकाईधनीहरुका लागि करसहित ५ प्रतिशत प्रतिफल दिने निर्णय भएको कम्पनी सचिव कमलप्रसाद नेपालले जनाएका छन् । 

Advertisement

साथै, उक्त प्रतिफल वितरण गर्ने प्रयोजनका लागि दुबै योजनाहरुको असोज १६ गते १ दिनका लागि इकाईधनी दर्ता किताब बन्द(बुक क्लोज) गर्ने निर्णय भएको कम्पनी सचिव नेपालले जनाएका छन् । 

Advertisement

Advertisement