नेप्सेलाई सिभिल बैंकको जवाफ- ‘हिमालयनसँग कुरा भएका हो,  औपचारिक निर्णय भएको छैन’

Advertisement

काठमाडौँ । सिभिल बैंकले हिमालयन बैंकले प्राप्ति गर्ने औपचारिक निर्णय नभएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)लाई स्पष्टिकरण दिएको छ । 
हिमालयन बैंकले प्राप्ति गर्ने हल्ला चलाएर सिभिलले शेयर मूल्यमा प्रभाव पारेको भन्दै यस विषयमा औपचारिक कुरा के हो भन्ने बारेमा प्रस्ट पार्न हिजो नेप्सेले निर्देशन दिएको थियो । 

नेप्सेको सोही निर्देशन प्रति आज सिभिलले स्पस्टिकरण दिंदै नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीति अनुरुप बैंकले मर्जर गर्नको लागि सम्भावित उपयुक्त बैंकहरुको खोजी गर्ने क्रममा हिमालयन लगायत विभिन्न बैंकसँग अनौपचारिक रुपमा कुरा अगाडि बढाएपनि हालसम्म कुनै निर्णय नभएको प्रस्ट पारेको हो । 

Advertisement

साथै आज नेप्सेमा बैंकले पेश गरेको जवाफमा सिभिललाई हिमालयनले प्राप्ति गर्ने विषयको समाचार विभिन्न सञ्चार माध्यममा आइरहेको सन्दर्भमा बैंकले त्यस्तो खालको समाचार सम्प्रेषण नगरेको प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले जनाएका छन् । 

तलको लिंक पनि क्लिक गर्नुहोलाः 

सिभिललाई नेप्सेको स्पष्टिकरण– हिमालयनसँग मर्जरमा जानलाग्या हो ? सेयर बढ्या छ त ?

Advertisement

Advertisement