कात्तिक ८ गतेबाट क्लिन फिड लागू हुन्छः सरकार

Advertisement

काठमाडौँ । आउँदो कात्तिक ८ गतेबाट विदेशी च्यानलमा विज्ञापनरहित क्लिन फिड नीति लागु हुने भएको छ । 

विकास तथा प्रविधि समितिले क्लिन फिड नीति कार्यान्वयन सम्बन्धी आज आयोजना गरेको छलफलमा सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले उक्त नीति कात्तिक ७ गतेबाट लागु हुने बताएका हुन् । 

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक ७ गते क्लिन फिड नीतिमा लालमोहर लगाएकी थिइन् । सो नीतिमा लालमोहर लगाएको १ वर्ष पूरा भएपछि क्लिन फिड लागू हुने कुरामा कुनै शंका नगर्न सञ्चार सचिव बस्यालले विश्वास दिलाए । 

सञ्चार सचिव बस्यालले भने–'कात्तिक ७ गतेबाट क्लिन फिड नीति लागू हुन्छ, उक्त मितिबाट सबै सरकारी विज्ञापन पनि एकद्वारा प्रणालीबाट मात्र वितरण हुन्छ ।’ ‘त्यसका लागि छिट्टै विज्ञापन बोर्ड गठन हुन्छ’– सचिव बस्यालले भने । 

हाल सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक ८ गतेबाट क्लिन फिड नीति कार्यान्वयन गराउन आजै निर्देशन दिएको समेत सचिव बस्यालले बताए । 

यसअघि सरोकारवालाहरु नेपाल मिडिया सोसाइटी, नेपाल विज्ञापन संघ, ब्रोडकाष्टिङ एशोशिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रशारक संघले पनि विज्ञापनरहित क्लिन फिड नीति गत साउन १ गतबाटै कार्यान्वयन गर्न सरकारसँग माग गर्दै आएका थिए । 

विदेशी च्यानलमा क्लिन फिड नीति भनेको नेपालको सीमाभित्र प्रशारण, वितरण हुने विदेशी टिभी च्यानल पूर्णरुपमा विज्ञापनरहित हुनु पर्दछ भन्ने हो । स्वदेशी उत्पादन र उद्योगलाई समेत यो नीतिले सहयोग र बिस्तारका लागि प्रबद्र्धन गर्नुका साथै परनिर्भरतालाई समेत कम गर्न सघाउ पुर्याउने सरोकारवालाहरुका धारणा रहेको छ । 

विदेशी च्यानललाई विज्ञापनरहित गर्नु भनेको आयात निरुत्साहित गरेर नेपालको ब्यापार घाटा कम गर्ने र उत्पानशी क्षेत्रलाई लागत प्रतिस्पर्धी बताउने एउटा महत्वपूर्ण कदम पनि भएको सरोकारवालाहरुले दाबी गरेका छन् । 

तलका लिंकहरु पनि क्लिक गर्नुहोस्ः 

‘क्लिन फिड’ कार्यान्वयन गर्ने मिति छ महिना पछि सार्न इण्डियन ब्रोकाष्टिङ फाउण्डेशनको आग्रह

क्लिन फिड नीति साउन १ गतेदेखि नै लागू गर्न माग

‘क्लिन फिड’ लागू गर्ने मिति नजिकिँदै, विवाद भने कायमै

‘क्लिन फिड’ लागू भयो भने भारतीय च्यानल सबै बन्द हुन्छन्, हामी व्यवसाय चलाउन सक्दैनौं’

‘क्लिन फिड’ लागू गर्ने सन्दर्भमा एक बर्ष नेपाली मिडिया र विज्ञापन उद्योगले कष्ट भोग्नुपर्छ’

 

Advertisement

Advertisement