काठमाडौं । ‘हिउँचितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको सोमबार बिहान ७२ बर्षको उमेरमा निधन भएको छ । विना अक्सिजन १०औँ पटकसम्म सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम राख्न सफल शेर्पा आफ्नै निवास जोरपाटीमा निधन भएको उनका आफन्तहरुले बताएका छन् ।
शेर्पाको पार्थिव शरीर शेर्पा गुम्बामा लैजाने तयारी गरिएको छ । सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पालाई बौद्धधर्मानुसार दाहसंस्कार गर्न लागिएको हो ।
सर्वोच्च शिखर सगरमाथा मात्रै नभएर पाकिस्तानको माउन्ट केटु, नेपालकै चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत हिमाल विनाअक्सिजन आरोहण गर्न सफल आरोही शेर्पामा केही बर्षदेखि चर्चाशुन्य थिए ।