एक हप्तामा २१ अर्ब निक्षेप थपियो, कर्जा जम्मा ९ अर्ब

Advertisement

काठमाडौं । पछिल्लो एक हप्तामा बाणिज्य बैंकहरुको निक्षेप २१ अर्बले वृद्धि भएको छ । भदौ २६ देखि असोज २ गतेको अवधीमा बाणिज्य बैंकहरुको निक्षेप ३४ खर्ब ९५ अर्बमा २१ अर्ब थपिएर ३५ खर्ब १६ अर्ब पुगेको हो । 

तर यहि अवधीमा कर्जा लगानी भने जम्मा ९ अर्ब रुपैयाँले मात्रै बढेको छ । भदौ २६ गते २ वटा बाणिज्य बैंकहरुले २९ खर्ब ४ अर्ब कर्जा लगानी गरेका थिए । तर त्यसको एक हप्तापछि अर्थात असोज २ गतेसम्म आईपुग्दा तिनै बैंकहरुको कर्जा लगानी जम्मा ९ अर्बले बढेर २९ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । 

पछिल्लो समय बैंक तथा वित्तिय संस्थारुमा निक्षेप थुप्रिने क्रम बढेको छ । यति बैंकहरु महंगो दरमा निक्षेप उठाएर सस्तो ब्याजदरमा ऋण लगानी गरिरहेका छन् । 

 
 

Advertisement

Advertisement

Advertisement