काठमाडौँ उपत्यकामा ६७४ सहित ११५४ जना कोरोना संक्रमित थपिए

Advertisement

काठमाडौँ । एक हजार १ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित प्रेस ब्रिफिङ मार्फत उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । 

आज थपिएका सहित कूल कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ । कोरोना निको भएर हालसम्म ४७ हजार २ सय ३८ जना घर फर्केको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । आजैमात्र १ हजार ५ जना कोरोना निको भई घर फर्केका छन् । हाल सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ । 

Advertisement

कोरोना संक्रमणका कारण आज १६ जनाको मृत्यु भएको छ, हालसम्म मृत्यु हुनेको संख्या ४२७ पुगेको मन्त्रालयले जनाएको छ । आज मृत्यु हुनेमा काठमाडौँ उपत्यकाका ६ जना, मकवानपुर र बाँकेका २–२ जना र झापा, सुनसरी, पर्सा, चितवन, दोलखा र रुपन्देहीका १-१ जना रहेको प्रबक्ता गौतमले जानकारी दिए । 

आज थपिएका कोरोना संक्रमित मध्ये काठमाडौँ उपत्यकाका मात्रै ६ सय ७४ जना छन् । ती मध्ये काठमाडौँका ५३८, भक्तपुरका ७४ र ललितपुरका ६२ जना छन् । 

Advertisement

Advertisement