१० लाख डाउन पेमेन्टमै डिएफएसकेका एसयूभी, ४ लाखसम्म नगद छुट

Advertisement

काठमाडौं । डिएफएसकेको आधिकारिक वितरक कुजु नेपालले नेपालीहरुको सबैभन्दा ठूलो चाडपर्व दशैं र तिहारको उपलक्ष्यमा आफ्ना ग्राहकलाई विशेष योजना पस्केको छ । यो चाडपर्वको समयमा प्रिमियम एसयूभीमा विशेष छुट दिने योजनाका साथ ४ लाख रुपैयाँसम्म नगद छुट दिने योजना अगाडी ल्याएको कम्पनीले जनाएको छ ।  अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै डिएफएसकेको कुनैपनि मोडलको खरिदमा अफर दिन लागिएको हो । अहिले ग्लोरी ५६० र ग्लोरी ५८० एसयूभी नेपालमा बिक्री वितरण गर्दै आएको छ । 

तत्काल डाउन पेमेन्ट नहुने ग्राहकलाई मध्यनजर गर्दै १० लाख रुपैयाँ डाउन पेमेन्ट बुझाएर गाडी लान सक्ने अफर दिइएको छ । ग्राहकले १० लाख रुपैयाँ तिरेर गाडी घर लान सक्ने छन् । 
कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट तिरेर डिएफएसकेका एसयूभी किन्न चाहने ग्राहकलाई ६ महिनाको मासिक किस्ता कम्पनीले नै तिरिदिने व्यवस्था समेत गरेको छ । यी मध्य कुनै पनि योजना छनोट गरेर ग्राहकले आफ्नो लागि नयाँ एसयूभी खरिद गर्न सक्ने छन् । 

Advertisement

साथै, गाडी किन्ने ग्राहकले लक्की ड्र मार्फत ५ लाखको बम्पर पुरस्कार पनि जित्न सक्ने छन् । पुराना गाडी लिएर एक्सचेन्जमा आउने ग्राहकलाई पनि कम्पनीले १ लाख रुपैयाँ सम्मको वोनस र २०७७/७८ को सडक दस्तुर कम्पनीले नै तिरिदिने छ । हाल डीएफएसके ब्राण्डका गाडीहरू नेपाललगायत युरोप, ल्याटिन अमेरिका, अफ्रिका, एसिया तथा मिडल–इस्टका ६१ देशहरूमा निर्यात भइरहेको छ । डिएफएसकेको फ्याक्ट्री चाइना तथा इन्डोनेसियामा रहेको छ ।

यस्तो छ ग्लोरी–५८०
डीएफएसकेको ग्लोरी–५८० मोडल एक कम्प्याक एसयूभी हो । यो एसयूभी सेभेन–सिटको सुविधासहितको रहेको छ । एसयूभीमा १.५ लिटरको टर्बोचाज्र्ड इन्जिन रहेको छ । जसमा ६ स्पीड अटोमेटिक सीभीटी ट्रासमिसन रहेको छ । अगाडि बम्परमा तीनवटा लाइनमा रहेको क्रोम फिनिसिङ्गले यसलाई स्पोर्टी देखाएको छ । यसमा प्रोजेक्टरसहितको एलईडी डेटाइम रनिङ्ग–लाइट रहेको छ, जसलाई लायन आई–सेपमा डिजाइन गरिएको छ ।

बडी–कलर बम्परलाई अगाडिको साइडबाट तानेर कर्भी बनाएको छ । साइडमा देखिने कर्भी डिजाइनले यसलाई अझ आकर्षक बनाएको छ । यसको रियरमा ब्ल्याक–कलरको बम्पर रहेको छ भने रियर विन्डोमा डिफोस्टर तथा वाइपर रहेको छ । रियर विन्डोको माथि रहेको स्पोइलर तथा सार्कफिन एन्टेनाले यसको ब्याक–प्रोफाइल पनि उत्कुष्ट देखाएको छ । रियरमा ड्यूलटोन सिसेपको ब्याक–लाइट रहेको छ । ग्लोरी–५८० को इन्टेरियर आकर्षक रहेको छ । ड्यूल–टोन ड्यासबोर्ड तथा १० इन्चको स्क्रिनसहितको इन्फोटेन्मेन्ट सिस्टमले क्याविनलाई लग्जरियस फिल गराउँछ । थ्री–स्पोक स्टेरिङ्ग ह्वीलमा अडियो, फोन तथा क्रूज कन्ट्रोलको माउन्टेड सुइज रहेको छ ।

क्याविनमा रहेको पानारोमिक सनरुफले यो एसयूभीलाई अझ आकर्षक बनाएको छ । चालकको आरामका लागि सिक्स–वे एड्जस्टेवल ड्राइभर–सिट रहेको छ भने अगाडि प्यासेन्जरको सिट फोर–वेमा एड्जस्ट गर्न सकिन्छ । यसको सेकेन्ड–रोमा रहेको सिटमा आर्म–रेस्ट पनि रहेको छ । यो एसयूभीमा सुरक्षाका लागि सम्पूर्ण आधुनिक फिचरहरू रहेको छ । यी एसयूभीमा इबीडीसहितको एबीएस, इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम, ब्रेक असिस्ट सिस्टम, इलेक्ट्रोनिक पार्किङ्ग ब्रेक, टुइन–साइड तथा कर्टन एयरव्याग, रिभर्स पार्किङ्ग सेन्सर तथा क्यामरा रहेको छ । यो एसयूभीले एन–क्यापको क्रयास टेस्टिङ्गमा फाइभ–स्टार रेटिङ्ग पाएको छ । उसको मूल्य ६७ लाख ९० हजार रुपैयाँ रहेको छ । 

यस्तो छ ग्लोरी ५६०
ग्लोरी ५६० को लम्बाई ४५१५ एमएम, चौडाई १८१५ एमएम र उचाई १७३५ एमएम रहेको छ । यसमा २६९० एमएमको ह्वीलबेस दिइएको छ । गाडीको कुल तौल भने २००५ केजी रहेको छ ।
ग्लोरी ५६० मा यूरो ५ मापदण्डको इन्जिन दिइएको छ । यसमा रहेको १.५ लिटर टर्बो पेट्रोल इन्जिनले अधिकतम ५७०० आरपीएममा १४८ बीएच पावर र १८०० देखि ४००० आरपीएममा २३० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । साथै, ५० लिटरको इन्धन ट्याङ्क उपलब्ध रहेको छ ।

ग्लोरी ५६०, ग्लोबल एनक्यापबाट क्र्यास टेष्टमा ५ स्टार रेटिङ प्राप्त गरेको एसयूभी हो । यसको चारै चक्कामा डिस्क ब्रेक दिइएको छ । १७ इन्चको अलोय ह्वील, एयरव्याग, सिट बेल्ट रिमाइन्डर, एबीएस, इबीडी, इन्जिन इमोविलाइजर, आलर्म सिस्टम, स्पीड सेन्सिङ अटो लक, क्र्यास अटो अनलक जस्ता फिचर यसमा पाउन सकिन्छ । ग्लोरी ५६० मा सफ्ट टच ड्यास बोर्ड दिइएको छ भने, ड्यासबोर्डमा ८ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट डिस्प्ले दिइएको छ । रिभाइज क्यामेरा, पुस स्टार्टरस्टप बटम, किलेस इन्ट्रि जस्ता विशेषता यसमा पाउन सकिने छ ।
कम्पनीले यसमा ३ वर्ष वा ४० हजार किलोमिटर जुन पहिला आउँछ त्यही बराबरको वारेन्टी प्रदान गर्ने छ । कम्पनीले ग्लोरी ५६० को मूल्य ५७ लाख ५० हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको जनाएको छ । 

Advertisement

Advertisement