काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले प्रतिशेयर रु. १०० अंकित मूल्य भएको ३० करोड रुपियाँ बराबरको ३० लाख कित्ता साधारण शेयर(आइपीओ) जारी गर्ने भएको छ ।
कम्पनीको उक्त आईपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन) ले आज स्वीकृति प्रदान गरेको हो ।
कम्पनीको कूल चुक्ता पूँजी मध्ये ३० प्रतिशत आईपीओ निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ । बाँकी ७० प्रतिशत अर्थात ७० करोड रुपियाँ बराबरको संस्थापक शेयर रहेको छ । आईपीओ जारी गरेपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब पुग्नेछ ।
कम्पनीको आईपीओ निष्काशनका लागि यसअघि नै एनआईसी एशिया क्यापिटललाई धितोपत्र बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।