सहकारीले १४.७५ प्रतिशत बढि ब्याज लिन नपाउने, स्प्रेड दर ६ प्रतिशत कम

Advertisement

काठमाडौं । अबदेखि सहकारी संस्थाहरुले १४.७५ प्रतिसत भन्दा बढी ब्याज लिन नपाउने भएका छन । सहकारी बिभागले सहकारीहरुले कार्तिक १५ गतेपछि १४.७५ प्रतिसत भन्दा बढी ब्यजमा ऋण लगानी गर्न नपाउने ब्यवस्था गरेको हो । सन्दर्भ ब्याज दर निर्धारण समितिले ब्याजदर अन्तर(स्प्रेड दर) पनि ६ प्रतिसत भन्दा कम हुनु पर्ने ब्यवस्था पनि गरेको छ । समितिले गत बर्ष साउन १९ गते ऋण लगानीमा अधिकतम् १६ प्रतिसत ब्याज लिन पाउने निर्णय गरेको थियो । यसरी एक बर्षको अवधिमा सहकारीको ब्याज १.२५ प्रतिसतले ब्याज घटाएको हो । सहकारी बिभागका महानिर्देशकको नेतृत्वमा रहने सन्दर्भ ब्याजदर निर्धारण समितिमा अर्थ मन्त्रालय, निजि क्षेत्र, सहकारी संघहरु र नेपाल रास्ट्र बैंकका प्रतिनिधि रहन्छन् । समितिले हरेक बर्ष सन्दर्भ ब्याज दर तोक्छ ।

Advertisement

Advertisement

Advertisement