लोकदर्शनलाई चाँडै राजीनामा गर्न लगाएर वैरागीलाई मुख्यसचिव बनाउने तयारी

Advertisement

काठमाडौं । नियमित प्रक्रियाबाट मुख्य सचिव हुने प्रावधान मिच्दै सरकारले आफू अनुकूलका व्यक्तिलाई मुख्य सचिव बनाउने तयारी गरेको छ । सरकारले मुख्य सचिव लोकदर्शन रेग्मीलाई केही दिनभित्रै राजीनामा दिन लगाएर परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई मुख्य सचिव बनाउने गरी आन्तरिक गृहकार्य अघि बढाएको हो ।

सरकारको इच्छाबमोजिम मुख्य सचिव रेग्मीले राजीनामा दिए निजामती सेवाको सर्वोच्च पद मुख्य सचिवका लागि आधा दर्जन सचिव प्रतिस्पर्धामा भए पनि अन्ततः परराष्ट्र सचिव वैरागीले बाजी मार्ने निश्चित छ । मुख्य सचिव रेग्मीलाई भने राजीनामा दिन लगाएर बेलायतको राजदूत बनाउने तयारी गरिएको छ ।

Advertisement

मुख्य सचिव रेग्मीको तीन वर्षे कार्यकाल आगामी ६ कात्तिकमा सकिँदै छ । तर उनलाई त्यसअगावै राजीनामा दिन लगाई परराष्ट्र सचिव वैरागीलाई मुख्य सचिव बनाउने गरी गृहकार्य अघि बढाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । वैरागीलाई मुख्य सचिवका लागि बाटो खुलाउन रेग्मीले २२ असोजअगावै राजीनामा दिइसक्नुपर्छ । मुख्य सचिव रेग्मीले राजीनामा नदिएको अवस्थामा वैरागीले २२ असोजमा अवकाश पाउनेछन् ।

राजधाजी दैनिकबाट ।

Advertisement

Advertisement