सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपियाँ घट्यो, यस्तो छ बजार भाउ

Advertisement

काठमाडौँ । साताको पहिलो दिन स्थिर र दोश्रो दिन हिजो प्रतितोला २ सय रुपियाँ बढेको सुनको मूल्य आज भने प्रतितोला १ हजार ७ सय रुपियाँ घटेको छ । चाँदीको मूल्य समेत हिजोको तुलनामा प्रतितोला ९० रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३० रुपियाँ निर्धारण गरिएको छ । 

Advertisement

हिजो भने छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९६ हजार ७ रुपियाँ र चाँदीप्रतितोला १ हजार ३ सय २० रुपियाँमा कारोबार भएको थियो ।  

यसैगरी साताको पहिलो दिन आइतबार छापावाल सुन प्रतितोला ९७ हजार रुपियाँ, तेजावी सुन प्रतितोला ९६ हजार ५ रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपियाँमा कारोबार भएको थियो ।  

विश्व बजारमा सुनचाँदीको मूल्य ओरालो झरेकाले त्यसैको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ ।

Advertisement

Advertisement