सरकारी प्रयोगशालामा पीसीआर टेष्ट गर्नेको भीड, निजीमा किन जाँदैनन् जनता ?

Advertisement

काठमाडौं । घरबेटीदेखि अस्पचालमा उपचार गर्नसमेत पीसीआर माग्ने गरिएबाट सरकारी प्रयोगशालाहरुमा पीसीआर टेष्ट गर्नेको भीड लाग्न थालेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्ने क्रमसँगै विभिन्न क्षेत्रमा पीसीआर रिपोर्ट माग्ने क्रम बढेपछि सर्वसाधारण जनता सरकारी प्रयोगशालामा लाइन लाग्न बाध्य भएका हुन् । कतिपय मानिस आफू कोरोना संक्रमित भएको आशंकामा पनि परीक्षणका लागि पुगेका छन् । 

सरकारले निषेधाज्ञा हटाएसँगै मानिसहरुको चलहपहल बढेपछि कोरोना संक्रमितहरुको संख्या बढेको देखिन्छ । विशेषगरी टेकुस्थित सरुवा रोग अस्पतालमा मानिसहरु सामाजिक दूरीसमेत पालना नगरी लाइन बस्न बाध्य भएका दृश्यहरु देखिएका छन् । 

Advertisement

दैनिक हजारौंको संख्यामा मानिसहरु पीसीआर टेष्ट गर्न आउँदा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई व्यवस्थापन गर्न धौधौ भएको छ । सरकारले निजी क्षेत्रका प्रयोगशाला तथा अस्पतालहरुलाई पनि पीसीआर टेष्ट गर्न अनुमति दिएको छ । तर, निजी ल्याबमा जाने मानिसहरुको संख्या निकै नगन्य हुने गरेको छ । निजी प्रयोगशालाको रिपोर्टप्रति आशंका हुँदा र बढी शुल्क लिइँदा थोरै मानिसहरु मात्रै जाने गरेको देखिएको छ । 

टेकु अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनका अनुसार भीड धेरै भएकालृे अस्पताल क्षेत्रमा जोखिम उच्च हुन पुगेको छ । कोरोना रिपोर्ट ल्याउन बाध्य पार्ने काम घरधनीदेखि विभिन्न क्षेत्रले गरेकाले उनीहरुमा कोरोनाको जोखिम बढेर गएको छ । 

Advertisement

Advertisement